१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

क्रिकेट क्यानडाले सामाजिक संजालमार्फत दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । घोषणाका क्रममा उनले व्यक्तिगत कारणले पद छाड्ने बताएका थिए ।