२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

क्रिकेट क्यानडाले सामाजिक संजालमार्फत दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । घोषणाका क्रममा उनले व्यक्तिगत कारणले पद छाड्ने बताएका थिए ।