२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय निर्वाचनमा पार्टीको सिट बढ्छः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउनु भयो । अध्यक्ष नेपालले ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि बाध्य भएर पार्टी निर्माण गर्न बाध्य भयौँ । २०७५ को जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माअ‍ोवादी केन्द्र छुट्टिए । यो फुटाउने काममा केपी ओलीजीले भुमिका खेल्नुभयो । त्यसको रहस्य एमालेलाई एकतावद्ध गराउने होला भन्ने आशा गरेका थियौँ । तर फागुन २८ गते एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर उकलौटी पार्टीको विधान संशोधन भयो । हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा महाराजाका गन्धहरु आए । त्यसपछि सबै साथीहरुले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ ।’

अध्यक्ष नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको ठोकुवा गर्नुभयो । उहाँले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्शान पु¥याएको बताउनु भयो । अध्यक्ष नेपालले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले चुनाव जित्ने ठाउँको संख्यामा वृद्धि मात्र नभइ चुनाव चिन्हको पनि प्रचार हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको गीत हामीले बढी गायाँै । गठबन्धनको भरोसा धेरै ग¥यौं । अरुको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । अरुको सहारामा बाच्ने बानी पर्दो रहेछ । अरुको सहारामा बाच्ने मान्छेले केही गर्न सक्दैन । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनाँै । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । पार्टीको चिन्हको प्रचार हुन्थ्यो । कतिपय ठाउँमा उम्मेदवारी दिने आँट गरेनौँ, कतिपय ठाउँमा गठबन्धन नहुँदा सातो गयो । हामीले कलम चिन्हमा उठाएका उम्मेदवारहरु निर्वाचन आयोगको रेकर्डमा हुनुहुन्छ । समाुनपातिकमा २०÷२५ लाख मत प्राप्त ग¥यौं भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्छ ।’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गर्नुभयो ।