२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपाश्री निरौला र प्रेमराजा महतको ‘पिपल डाँडे साइँली’ सार्वजनिक



अ+ अ-

काठमाडौं । गायक प्रेमराजा महतको नयाँ गीत ‘पिपल डाँडे साइँली’ सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिनुभएको छ । गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै गायक महतले यो गीत ३५ वर्ष अघि रेकर्ड गरेको भएपनि जीवन्त बनाउन अहिले भिडियो बनाएर बजारमा ल्याएको बताउनु भयो । उहाँले यसले ३५ वर्षअघिको कला, संस्कृतिको महत्व दर्शाउने बताउनु भयो । त्यस्तै गायिका परियारले यो गीत लोक गीतको रुपमा आफ्नो पहिलो अनुभव रहेको बताउनु भयो ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ ।