५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । सो अवसरमा मन्त्री पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभयो ।

संशोधनकर्ताका तर्फबाट छलफलमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले उक्त विधेयकको सराहना गर्नुभयो । सांसद देवेन्द्र दाहालले विज्ञान र प्रविधिसँग जोडिएको विधेयक महत्वपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा विकास गर्नुपर्नेलगायत केही संशोधन प्रस्ताव राख्नुभयो ।

सांसद डा बेदुराम भुसालले ५४ संशोधनमध्ये समावेशी, छात्रवृत्ति, प्रत्यायोजित व्यवस्था कम गर्नुपर्नेलगायत २१ संशोधन आफूहरुको रहेको जानकारी दिनुभयो । सांसद सुरेश आलेले विश्वविद्यालय आउनु सराहनीय भएको भए पनि विचार उत्पादन गर्नेलगायत केही विषय परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

सांसद खिमलाल देवकोटाले मुलुकका ११ विश्वविद्यालयमा पाँचलाख ५६ हजार विद्यार्थी भएकामा त्यसको ८० प्रतिशत त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने गरेकाले शिक्षाको विकास गर्ने नाममा विश्वविद्यालय खोल्न प्रतिस्पर्धा गर्न नहुने बताउनुभयो । सांसदहरु सुमित्रा विसी, तुलसाकुमारी दाहाल, भैरवसुन्दर श्रेष्ठ, गङ्गाकुमारी बेल्बासेलगायतले प्राविधिक शिक्षाको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा परनिर्भरता बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै स्वदेशी उत्पादन बढाउन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो ।

सांसद सोनम ग्याल्जेन शेर्पाले केन्द्रीकृत अधिकारलाई विकेन्द्रीकृत गरी गाउँको विकास गर्न सङ्घीयताको महत्व रहेकाले यसको खारेजी गर्न नहुने बताउनुभयो । त्यस्तै सांसद नारायणदत्त मिश्र, मोहममद खालिदलगायतले देश विकासका लागि समाजवादी प्रजातन्त्रको खाँचो रहेको बताउनुभयो ।