हेटौँडा । खानतलासीका नाममा परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले मकवानपुरको हेटौँडा क्याम्पसमा तोडफोड गरेका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसका दुई छात्राले चिट लुकाएको भन्दै परीक्षा गार्डले खानतलासी गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनीहरु हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका थिए ।
उनीहरुले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।
विद्यार्थीहरु आक्रोशित भएर क्याम्पसमा तोडफोड गर्न थालेपछि अहिले प्रहरी परिचालन गरिएको बताइएको छ ।
हेटौँडा क्याम्पसले लामाले घटनाबारे क्याम्पसको ध्यानाकर्षण भएको बताएको छ । सहायक क्याम्पसप्रमुख देवीराम लामाले यसबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।