२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड



अ+ अ-

हेटौँडा । खानतलासीका नाममा परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले मकवानपुरको हेटौँडा क्याम्पसमा तोडफोड गरेका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसका दुई छात्राले चिट लुकाएको भन्दै परीक्षा गार्डले खानतलासी गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनीहरु हेटौँडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका थिए ।

उनीहरुले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।

विद्यार्थीहरु आक्रोशित भएर क्याम्पसमा तोडफोड गर्न थालेपछि अहिले प्रहरी परिचालन गरिएको बताइएको छ ।

हेटौँडा क्याम्पसले लामाले घटनाबारे क्याम्पसको ध्यानाकर्षण भएको बताएको छ । सहायक क्याम्पसप्रमुख देवीराम लामाले यसबारे अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।