• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

पर्यटन पुनःउत्थान कार्यक्रम चाँडै घोषणा हुन्छः पर्यटनमन्त्री



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घाषणा गर्ने बताउनुभएको छ ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनःउत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताउनु भयो ।

उहाँले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवद्र्धन हुने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइमा समेत पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास कसरी गर्ने र पर्यटन क्षेत्रलाई ग्रिण पर्यटनमा परिर्वतन गरी ग्रिण फाइनान्सिङको माध्यमबाट वातावरणको संरक्षण गर्दै पर्यटनको माध्यमबाट बढीभन्दा बढी आयआर्जन गरी अधिक रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा पर्यटन मन्त्रालय गम्भिर रहेको छ । कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्याएको छ ।

आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको रेजिलेन्ट आधार स्तम्भको रुपमा विकास गरी यसको जगमा पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक छ । भारत,चीन,बङ्गलादेश लगायतका छिमेकी देशहरुबाट आउने पर्यटकको प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक छ । भारत र बङलादेश आर्थिक सम्पन्नतामा अगाडि बढेका सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम् क्रस बोर्डर पर्यटनको लागि समेत अधिक प्रयास हुन जरुरी छ ।

कोरोनाबाट थला परेको पर्यटन पुनरुत्थानको लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग गरेको छलफलपछि तयार गरेको पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारीमा छौं । जसले पर्यटन क्षेत्रको सुधार र पुनरुत्थापनमा उल्लेखिय भुमिका खेल्ने छ । यसलाई एउटा राष्ट्रिय अभियानको रुपमा नै पर्यटन पुनरुत्थापन कार्यक्रम अगाडि बढाउनुपर्छ भन्ने मान्यतालाई राखेको छु ।’

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर प्रर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भिर रहेको बताउनु भयो । उहाँले कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवम् कठिनाइका बाबजुत पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पु¥याएको बताउनु भयो ।

मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताउनु भयो । नेपालले भारत,चीन,बङ्गलादेश लगायतका छिमेकी देशहरुबाट आउने पर्यटकको प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम क्रस बोर्डर पर्यटनको लागि समेत अधिक प्रयास गर्नु आवश्यक रहेको बताउनु भयो ।