२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको गीतले कमजोर भयौँ: माधव नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा कुनै भरोसा नभएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरणमा उहाँले गठबन्धनको भर पर्दा अरुको सहारामा बाँच्नुपर्ने रहेछ भन्दै गठबन्धनको गीत गाइरहँदा स्थानीय निर्वाचनमा पार्टी कमजोर भएको बताउनुभयो ।

अरुको भरमा बाँच्ने मान्छेले केही गर्न सक्तैन भन्दै उहाँले भन्नुभयो, “आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरुले मात्र पार्टीको पनि भरोसा जित्न सक्ने रहेछन् ।”

आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्ने यथार्थ पोख्दै अध्यक्ष नेपालले आफ्नै तयारी गरेर स्थानीय निर्वाचनमा उठेको भए थप स्थान जित्न सकिने बताउनुभयो ।

आफ्नै खुट्टामा उभिन नसक्नु पार्टीको कमजोरी हो भन्दै उहाँले स्थानीय निर्वाचनका बेला कतिपयले धोका दिएको, सहमति कायम गर्न नसकिएको र पार्टीभित्रै पनि अन्तर्घात भएको उल्लेख गर्नुभयो ।

उहाँले गठबन्धनको अभ्यासका क्रममा पार्टीबाट धेरै कमजोरी भएको स्वीकार गर्नुभयो ।