• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

सर्वोच्चमा तानिए न्यायाधीश अधिकारी



काठमाडौँ । केही गम्भीर उजुरी परेपछि छानबिन गर्न न्यायपरिषद्ले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ ।

पटकपटक आर्थिक स्वार्थ र लेनदेनका कारण न्यायसम्पादन नै प्रभावित भएको आरोपसहित न्यायाधीश अधिकारीमाथि उजुरी परेपछि छानबिन गर्न उहाँलाई परिषद्ले सर्वोच्च झिकाएको हो ।

बाँकेकी रुवी खानलाई पक्राउ गर्दा उहाँमाथि यान्त्रिक रुपमा पक्राउ अनुमति दिएको आरोप लागेको बताइएको छ । सर्वोच्च अदालतले नै न्यायाधीश अधिकारीमाथि न्यायसम्पादनमा सचेत नभएको टिप्पणी गरेको थियो ।

त्यस्तै अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि लगाइएको छ । उनको खातामा शंकास्पदरुपमा आठ लाख रुपैयाँ भेटिएपछि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मन्ललको इजलासले उनको बर्खास्तीको सिफारिस गरे पनि कार्यान्वयन भएको थिएन ।