५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा तानिए न्यायाधीश अधिकारी



अ+ अ-

काठमाडौँ । केही गम्भीर उजुरी परेपछि छानबिन गर्न न्यायपरिषद्ले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ ।

पटकपटक आर्थिक स्वार्थ र लेनदेनका कारण न्यायसम्पादन नै प्रभावित भएको आरोपसहित न्यायाधीश अधिकारीमाथि उजुरी परेपछि छानबिन गर्न उहाँलाई परिषद्ले सर्वोच्च झिकाएको हो ।

बाँकेकी रुवी खानलाई पक्राउ गर्दा उहाँमाथि यान्त्रिक रुपमा पक्राउ अनुमति दिएको आरोप लागेको बताइएको छ । सर्वोच्च अदालतले नै न्यायाधीश अधिकारीमाथि न्यायसम्पादनमा सचेत नभएको टिप्पणी गरेको थियो ।

त्यस्तै अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि लगाइएको छ । उनको खातामा शंकास्पदरुपमा आठ लाख रुपैयाँ भेटिएपछि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मन्ललको इजलासले उनको बर्खास्तीको सिफारिस गरे पनि कार्यान्वयन भएको थिएन ।