२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको बिरोधमा अमेरिकी दूतावास अगाडि बिरोध प्रर्दशन जारी



अ+ अ-

काठमाडौं । एमसीसीको बिरोध गर्दै अमेरिकी दुतावास अगाडि प्रर्दशन गर्न पुगेका मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो महाराजगंजस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रर्दशनकारीहरुले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौंता तत्काल खारेज गर’ भन्नेलगायतका चर्का नाराबाजी गरेका थिए ।

अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ । यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौंता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आउनु भएको छ ।