• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

इच्छाराज तामाङकी पत्नी सिर्जना पनि सिआइबीद्वारा पक्राउ



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई मंगलबार पक्राउ गरेको छ ।

ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य सहकारीमा लेखा समिति सदस्य थिइन् ।

सीआईबीका अनुसार सिभिल सहकारीमा भएको पाँच अर्ब बढी ठगीमा शाक्यसहित १२ जना प्रतिवादी रहेका छन् ।

सहकारीबाट ठगिएको भन्दै १५३० बचतकर्ताले प्रहरी समक्ष किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा पूर्वसांसद समेत रहेका तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश छ ।

यही ठगी प्रकरणका कारण थुनामा रहेका इच्छाराजलाई छुटाउने उद्देश्यले काठमाडौं जिल्ला अदालतमा कुरा मिलाउन भन्दै अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीचको संवाद बाहिरिए पछि यो मुद्दा अझ पेचिलो बन्दै गएको थियो ।