• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

एकै दिन ३५७ जना कोरोना संक्रमित



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३२८ को परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले एक हजार ८२८ को पीसीआर परीक्षण गर्दा २६८ र एक हजार ५०० को एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

पछिल्लो संख्यासँगै कोरोना संक्रमितको संख्या एक हजार ९८२ पुगेको छ । यस अवधिमा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले एक हजार ८६५ जना होम आइसोलेसन, ११७ संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

पछिल्लो संख्यासँगै नेपामा कुल कोरोना संक्रमितको संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।