२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार नेताले छोडे राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी परित्याग गरेका छन् । नेताहरु दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोसराप्रपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण

पार्टीभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

आगामी संघीय निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न बाहिर छरिएर रहेका राष्ट्रवादी, प्रजातन्त्रप्रेमी व्यक्ति, समूह र पार्टीलाई एउटै धारमा खडा गरी राप्रपालाई मूलधार बनाउन फराकिलो र सकारात्मक सोचका साथ संवादको वातावरण निर्माण गर्न खोज्दा पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लाञ्छना लगाउँदै अपमानित गर्ने दुष्प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी नेतृत्वले गरेको दुष्प्रयास एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका निमित्त स्वीकार्य नभएको भन्दै उनीहरुले आजैका मितिदेखि साधारण सदस्यसमते नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।