११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

राप्रपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण

राप्रपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण
फाईल फोटो
अ अ+ अ-

काठमाडौं ।राप्रपाले पार्टीको बृहत्तर हित र एकतामा आँच आउने गरि काम गरेको भन्दै चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम प्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठक पछि पार्टी प्रवक्ता मोहन श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको केही व्यक्तिले पार्टीको नाम दुरुपयोग गर्दै भेला, छलफल र बैठक गरेको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ । अनुशासनहिन गतिविधिलाई पार्टीले कुनै हालतमा छुट दिने छैन । पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रशारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

बिज्ञप्तिमा राप्रपाको नेतृत्व पंक्तिमा आन्तरिक विवाद भएको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा श्रृङखलाबद्ध तरिकाले प्रचारप्रसार भइरहेको विषयमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको नेतृत्व पंक्ति पूर्ण रुपले एकताबद्ध रहेको प्रष्ट पार्दे बिज्ञप्तिमा भनिएको पार्टीको हित विपरीत एवं नेतृत्व पंक्तिको मानमर्दन हुने गरि कुनै किसिमको गतिविधि र सामाजिक सञ्जालमा जथाभावी प्रचार नगर्न नगराउन पार्टीका सबै तहलाई बैठकले आग्रह गरेको छ । यस्तो गतिविधिमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरिएको छ ।

यही असार २६ गते राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन सम्बद्ध महिलाहरूका बिच उत्पन्न विवाद र उक्त विवादमा पार्टीका महामन्त्रीद्वय कुन्तिकुमारी शाही र राजेन्द्र गुरुङसमेतको नाम जोडेर विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालमा विशेष गरी महामन्त्री कुन्तिकुमारी शाहीको चरित्र हत्या हुने गरी आएको समाचारप्रति राप्रपाको ध्यानाकर्षण भएको जनाएको छ । राप्रपाले गलत समाचारहरूबाट भ्रममा नपर्न र यसप्रकारका क्रियाकलापमा सामेल नहुन समेत पार्टीका सबै तहका नेता कार्यकर्तामा राप्रपा आग्रह गरेको छ ।