• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

काठमाडौँ महानगरपालिकामा आइपुगे तीन वटा दमकल



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खरिद गरेको तीन वटा दमकल महानगरमा आइपुगेका छन् ।

महानगर प्रमुख बालेन साहले सो जानकारी दिँदै पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रिया अघि बढेको भन्दै खरिद गरिएका दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक पोष्ट गर्दै उहाँले सकेसम्म अग्नि दुर्घटना हुनै नदिनु सबैभन्दा उत्तम विकल्प भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ । सावधान रहौँ । आफ्नो घर तथा कार्यालयमा उचित पूर्वतयारी गरौँ ।”

आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ भन्दै महानगर प्रमुख साहले काठमाडौँ जस्ता क्षेत्रहरुमा आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता भएकाले त्यस्ता क्षेत्रहरुमा आगलागीका विषयमा झन् धेरै सचेत र होसियार हुनुपर्ने उल्लेख गर्नुभएको छ ।