• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

संकटा र जावलाखेलले बराबरी खेले



काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत जावलाखेल युथ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेलेका हुन्

खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ६१ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । सुबाश गुरुङको कर्नरमा उनले हेडर मार्फत गोल गरे ।

यस बराबरीसँगै सिजनको अन्त्यमा जावलाखेलले १३ खेलमा १४ अंक जोडेको छ भने संकटाले १३ खेलमा १६ अंक जोडेको छ ।