६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुव्र्यवहार नगर्न चीनको आग्रह



अ+ अ-

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ । 

त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ ।  कुनै पार्टीमा आवद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भएपनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दवाव दिएको उनीहरुको भनाई छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हउ चुनीङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाउनु भयो ।  अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरुले गम्भीरता पूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाई छ । (रासस-सिन्ह्वा)