९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुव्र्यवहार नगर्न चीनको आग्रह



अ+ अ-

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ । 

त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ ।  कुनै पार्टीमा आवद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भएपनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपमा दवाव दिएको उनीहरुको भनाई छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हउ चुनीङले अमेरिकाको व्यवहारप्रति कडा रुपमा असन्तुष्टि जनाउनु भयो ।  अमेरिकामा अन्य देशका विद्यार्थी र चिनियाँ विद्यार्थीका बीचमा विभेद भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

अमेरिकाको यस्तो प्रकारको व्यवहारलाई आफूहरुले गम्भीरता पूर्वक लिएको र आगामी दिनमा यस्तो नगर्न आग्रह गरिएको परराष्ट्र मन्त्रालयको भनाई छ । (रासस-सिन्ह्वा)