• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

एकैदिन ४५७ जनामा कोरोना संक्रमण



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ६५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

२३४१ पिसिआर परीक्षणमा ३८६ र २ हजार ३१० एन्टिजेन परीक्षणमा ७१ जनामा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या १७७६ रहेको छ ।