११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

म लामो समय सरकारमा बस्ने मन्त्री होइनः पर्यटनमन्त्री श्रेष्ठ

म लामो समय सरकारमा बस्ने मन्त्री होइनः पर्यटनमन्त्री श्रेष्ठ
file
अ अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताउनु भयो । पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गर्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताउनु भयो । उहाँले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानून निर्माण गर्नभने लागिपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने ,मध्येकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौं । ऐन नियम बनाउने काम केही समय लाग्छ । ऐन कानूनको कामको पनि शुरुवात गरौं भनेर सोचेको छौं । म लामो समय बस्ने मन्त्री होइन । तर शुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निस्कर्ष निस्कन्छ । शुरु नै भएन भने अगाडि बढ्दैन । ऐन नियमका कुराहरु कहाँ केकेमा समय सापेक्ष संशोधन गर्नु पर्नेछ । त्यो कामको शुरुवात गर्छु ।

पर्यटन क्षेत्रलाई पुनःस्थापित र प्रचार गर्नुपर्ने कुराहरु छन् । त्यसमा मन्त्रालय कार्यक्रम नै अगाडि बढाएर जानेछ । पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर नै गर्ने हो । हातेमालो गरेर नै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने हो । पर्यटन क्षेत्रमा देखिएका विकृतिका कुराहरु पनि सुन्नमा आएका छन् । मैले थाहा पाए अनुसार यो क्षेत्रमा धेरै विकृतिहरु बढ्न थालेको छ जसले गर्दा हाम्रो इमेज खराब हुँदै गएको छ । यो विकृति नियन्त्रण गर्ने कुरामा पनि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको छ ।’

त्यस्तै कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिनुभयो । उहाँले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरुको ब्रोसरहरु बोकेर,हवाइ उडानमा खर्च गरेर अहिलेको आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गर्नुभयो । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा टे«किङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ अहिले स्पेन र जर्मनदेखि बाहेक अन्य देशहरुमा प्रचार गर्नुपर्ने देख्दिन । यसको लागि नेपाल पर्यटन बोर्डले दत्तचित्त भएर आफ्नो निर्णयमा एउटा आइटी टिम राखेर अनलाइनबाट पर्यटन क्षेत्रका प्रोडक्टहरुलाई प्रकाशित र प्रचार गर्नुपर्ने देखिन्छ । हामी ट्राभलहरुबाट हाम्रा ब्रोसरहरु बोकेर,हवाइ उडानमा खर्च गरेर आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त देखिँदैन । अनलाइनबाट नेपालका पर्यटन क्षेत्रका प्रोडक्टहरु सो गर्न सकिन्छ । हामीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा टे«किङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन होस् ।’

त्यस्तै, होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गर्नुभयो । उहाँले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुट समेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गर्नुभयो । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताउनु भयो । उहाँले सरकारले नेपालको राम्रो सन्देश दिनको लागि पाँच तारेदेखि सबै होटलमा खानामा गुणस्तरियता कायम गराउनु पर्ने सुझाव दिनुभयो । अध्यक्ष राणाले नेपालका पर्यटक ल्याउनको लागि अझै चुनौती रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘२०१९ मा १२ लाख पर्यटक नेपालमा भित्रिए नेपालमा भने अहिले २०२२मा जुनसम्म २.३७ भन्दा अहिले पनि डाटाले पर्यटन भित्र्याउन चुनौती धेरै रहेको छ । त्यसकारण चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पर्यटन उद्योग संरक्षण गर्नु आवश्यक छ । नेपाल सरकारले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता दिएको छैन । जुन उद्योग कोरोना महामारीले माथि उठ्न सकेको छैन । त्यो उद्योगलाई अन्य उद्योगको तुलनामा सहुलियत केही पनि छैन । पर्यटन उद्योगलाई केही सहुलियत भएमा ठूलो सहयोग हुने थियो । होटलको क्षेत्रमा पाँच तारे वा जुन सुकै होस् त्यहा सुरक्षा र खानेकुरामा गुणस्तरियता भए/नभए राम्रो सन्देश जाँदैन । त्यसैले खाद्यायमा गुणस्तरीय हुनु आवश्यक छ । नेपाल एयर लाइन्सलाई प्राथकिता दिनु जरुरी छ ।’

त्यस्तै कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिनुभयो । उहाँले पर्वतारोहण सम्बन्धि सेवा सुविधाहरु एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताउनु भयो । अध्यक्ष लामाले शाहसिक विभिन्न खेलहरुको लागि हिमालय आरोहण समेत खुल्ला गर्न माग गर्नुभयो । उहाँले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नितिगत व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै,नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौंमा विगत लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा समग्र पर्यटन व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको लागि सरकारले गर्नुपर्ने विभिन्न काम गर्नको लागि सुझाव दिनुभएको थियो ।