२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रचण्डको भारत भ्रमणलाई आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झुटो प्रचार गरियो’



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

दाहाल–राणाबीचको भेटवार्ता संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको केही समाचार माध्याममा समाचार प्रकाशित भएको थियो । सांसद आलेमगरले भने त्यो कुरा झूट र वाईयात भएको उल्लेख गर्दै साईबर स्यालहरुलाई त्यस्तो परिकल्पना नगर्न चेतावनी समेत दिनु भयो ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकीर समेत गर्नु भयो । सांसद आलेमगरले भन्नु भयो, ‘अर्को भर्खरै हाम्रो आदरणीय अध्यक्ष कमरेड प्रचण्डको इन्डिया भ्रमणको बारेमा जुन एउटा न्युज आयो । त्यो फेक न्यूज हो । एउटा पार्टीको विदेश विभाग प्रमुखको उपस्थितिमा कमरेड प्रचण्ड–आर्जु राणाजीको बैठकले त्यस्तो निर्णय गर्न सक्छ ? वाईयत कुरा । झुट कुरा ।

यो मैले सुनेको थिए–साईबर स्यालकै कल्पना हो । विल्कुल त्यस्तो कल्पना हो, सम्माननीय अध्यक्ष महोदय । अर्को एम अधिकारको प्रसंग पनि हटकेक बनेको छ । हामीले मान्यौ–एम अधिकारी भन्ने अहिले राष्ट्र बैंकको गभर्नर हुनुहुन्न रहेछ, त्यो मानियो । त्यो को हो त ? एम अधिकारी भन्ने मान्छे को हो त ? हुनत एमालेका साथीहरुले भन्नु भयो, एम अधिकारी को हो भनेर जान्न एमालेमा आउनु प¥यो । तर यो कुरा उठ्यो नि त यहाँनिर । कुरा उठेपछि जनताले जान्नु परेन ? हो, त्यसैले यो कुरा मैले यहाँ राख्न चाहेँ ।’

सांसद आलेमगरले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन भनि प्रश्न समेत गर्नु भयो । उहाँले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलवभत्तामा समेत ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।