२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अधिवेशनमा १५ वटा विधेयक पारित भए: सभामुख सापकोटा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चालु बजेट अधिवेशनमा १५ वटा विधेयक पारित भएको बताउनुभएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले मन्त्री हेरफेर भएका कारण केही विधेयक पास गर्न नसकिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् हेरफेरका कारण केही विधेयक पास हुनुपर्ने पनि पारित गर्न नसकिएको उहाँको भनाइ थियो ।

विधेयक पारित गर्नतिर संसद् लागे पनि केहीमा ढिलाइ भएको उल्लेख गर्नुभयो । यद्यपि उहाँले केही महत्वपूर्ण विधेयक भने पारित भएको जानकारी दिनुभयो । उहाँका अनुसार केही विधेयक प्रक्रियामा छन् ।

चालु अधिवेशनमा पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएको जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकतालगायतका विधेयक पारित गर्ने क्रममा रहेको बताउनुभयो ।