२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अधिवेशनमा १५ वटा विधेयक पारित भए: सभामुख सापकोटा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले चालु बजेट अधिवेशनमा १५ वटा विधेयक पारित भएको बताउनुभएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले मन्त्री हेरफेर भएका कारण केही विधेयक पास गर्न नसकिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् हेरफेरका कारण केही विधेयक पास हुनुपर्ने पनि पारित गर्न नसकिएको उहाँको भनाइ थियो ।

विधेयक पारित गर्नतिर संसद् लागे पनि केहीमा ढिलाइ भएको उल्लेख गर्नुभयो । यद्यपि उहाँले केही महत्वपूर्ण विधेयक भने पारित भएको जानकारी दिनुभयो । उहाँका अनुसार केही विधेयक प्रक्रियामा छन् ।

चालु अधिवेशनमा पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएको जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकतालगायतका विधेयक पारित गर्ने क्रममा रहेको बताउनुभयो ।