२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डो–प्यासिफिक क्षेत्रका सेना प्रमुखको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा अष्ट्रेलिया जाँदै



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी साता अष्ट्रेलिया भ्रमणमा जाँदैछन् । इन्डो–प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन उनी यही साउन ७ गते त्यसतर्फ जान लागेका हुन् ।

अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रेलियामा हुने ‘एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स’ हुँदैछ । सो कन्फ्रेन्समा इन्डो–प्यासिफिक क्षेत्रका सैनिक प्रमुख सहभागी हुनेछन्।

अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रका सैनिक नेतृत्वसँग रणनीतिक सम्बन्ध विस्तारका लागि सैनिक प्रमुखहरुको सम्मेलनलाई महत्वपूर्ण फोरमका रुपमा अघि बढाएको छ।

उक्त कन्फ्रेन्स हरेक वर्ष फरक फरक मुलुकमा हुने नियमानुसार यसपटक अष्ट्रेलियामा हुन लागेको नेपाली सेनाले बताएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानसेनापति शर्माको अष्ट्रेलिया भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको जानकारी दिएका छन् ।

साउन ११ गतेसम्म कन्फ्रेन्स हुने भए पनि प्रधानसेनापति शर्मा भने अरु ११ दिन अष्ट्रेलियामै रहने बताइएको छ । अष्ट्रेलियामा पारिवारिक भेट गरेर उनी साउन २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाली सेनासँग सम्बन्ध बढाउँदै अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले नेपाली सेनासँग रणनीतिक साझेदारीका लागि विभिन्न प्रस्ताव अघि सार्दै आएको छ।

एक महिनाअघि मात्र अमेरिकी सेनाको इन्डो– प्यासिफिकका कमान्डर जर्नेल जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा उनले इन्डो–प्यासिफिक रणनीतिको एक प्रमुख अंग रहेको स्टेट पार्टनरसिप कार्यक्रम ९एसपीपी० सम्बन्धी सैन्य सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मालाई आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवा एसपीपीसम्बन्धी सम्झौता अघि बढाउन सकारात्मक देखिए पनि आफ्नै पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार दलहरुबाट व्यापक विरोध भएपछि उनी पछि हटेका थिए ।