२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगायो



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको छ।

आइतबार समितिको टोलीले अर्थ मन्त्रालय गएर सिसिटिभीको फुटेज माग्दा अर्थका प्राविधिकहरुले फुटेज नभएको जानकारी दिएपछि सफ्टवेयर नै मगाएको हो ।

समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको बताइएको छ ।

समितिले फुटेज रिस्टोर गर्न सकिने भन्दा पनि अर्थका प्राविधिकले बारम्बार आफूहरुसँग रिस्टोर गर्ने क्षमता नभएको बताएका थिए । त्यसैले समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगाएर हेर्न लागेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आव २०७९/०८० को बजेट निर्माणका क्रममा बजेट घोषणा हुनु एक दिनअघि राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लगाइएको थियो ।

त्यसपछि सो प्रकरणको छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो भने अर्थमन्त्री शर्माले छानबिनलाई सघाउने भन्दै राजीनामा दिएका थिए ।