२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगायो



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको छ।

आइतबार समितिको टोलीले अर्थ मन्त्रालय गएर सिसिटिभीको फुटेज माग्दा अर्थका प्राविधिकहरुले फुटेज नभएको जानकारी दिएपछि सफ्टवेयर नै मगाएको हो ।

समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको बताइएको छ ।

समितिले फुटेज रिस्टोर गर्न सकिने भन्दा पनि अर्थका प्राविधिकले बारम्बार आफूहरुसँग रिस्टोर गर्ने क्षमता नभएको बताएका थिए । त्यसैले समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगाएर हेर्न लागेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आव २०७९/०८० को बजेट निर्माणका क्रममा बजेट घोषणा हुनु एक दिनअघि राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लगाइएको थियो ।

त्यसपछि सो प्रकरणको छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो भने अर्थमन्त्री शर्माले छानबिनलाई सघाउने भन्दै राजीनामा दिएका थिए ।