५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको भारत भ्रमण स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र: भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणलाई कूटनीतिको उडन्ते चरित्रको रुपमा टिप्पणी गर्नुभएको छ ।

दाहालको भारत भ्रमणबारे सामाजिक सञ्जालमा लेख्नुभएको छ देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क.पा.को अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?

उहाँले थप लेख्नु भएको छ– उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमंसग अन्तिममा भेट हुनसकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति !  यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं !