काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणलाई कूटनीतिको उडन्ते चरित्रको रुपमा टिप्पणी गर्नुभएको छ ।
दाहालको भारत भ्रमणबारे सामाजिक सञ्जालमा लेख्नुभएको छ देशले के उपलब्धि पायो भनी मूल्याङ्कन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क.पा.को अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?
झुकनीतिकाे आशे र दासे प्रवृत्तिबाट देशको कूटनीति मुक्त हुनुपर्छ । देशले के उपलब्धि पायाे भनी मूल्याङ्कन नगरी कति मान,सेवा,सुविधा दिइयो भन्ने स्वयं प्रशंसा सतही कूटनीतिको उडन्ते चरित्र। भारतीय कांग्रेसको पछि लाग्दा भारतीय क.पा.काे अवसानबाट नेपाली कम्युनिष्ट नेताले सिक्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) July 18, 2022
उहाँले थप लेख्नु भएको छ– उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमंसग अन्तिममा भेट हुनसकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति ! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं !
उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमंसग अन्तिममा भेट हुनसकेन भनी स्वयं ‘प्रचण्ड’जीले भनेको सुनियो । कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति!यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं!
— Bhim Rawal, PhD (@BhimRawal179) July 18, 2022