४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कोरोना संक्रमण बढेपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम छः स्वास्थ्यमन्त्री खापुङ

कोरोना संक्रमण बढेपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम छः स्वास्थ्यमन्त्री खापुङ
अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनु भएको छ ।

कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दावी गर्नु भएको हो । चिकित्सा शाष्त्र अध्ययन संस्थानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गर्नु भयो । त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही वृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमणबाट बच्न पनि सबैलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु । अहिलेसम्म ११ हजार, ९५२ जना नेपालीहरुको कोरानाको कारण मृत्यवरण गर्नु परेको छ । र, आगामी दिनमा कोरोना वृद्धि भएपनि हामी नियन्त्रण गर्न सफल हुनेछौं । र, यसका कारण एक जना पनिको पनि ज्यान जान नपाओस् भन्ने कुरामा सरकार सजग छ ।

विश्वव्यापी रुपमा फैलिएको यो रोगको विरुद्धको खोप कार्यक्रममा पनि नेपालले सफलता प्राप्त गरेको छ । कहीँकतै दूरदराजमा सो खोप लगाउन कोही छुट्नु भएको छ भने नजिकको स्वास्थ्य चौंकीमा गएर लगाउनका लागि पनि म हार्दिक आग्रह गर्दछु ।’

मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटकपटक दोहो¥याउनु भयो । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाउनु परेको छ ।