१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

आइपिएल २०२२ः दुई समूहमा बाँडियो १० टिम, २६ मार्चदेखि २९ मेसम्म चल्ने

आइपिएल २०२२ः दुई समूहमा बाँडियो १० टिम, २६ मार्चदेखि २९ मेसम्म चल्ने
अ अ+ अ-

एजेन्सी । आइपिएल २०२२ को सुरुवात मार्च २६ बाट सुरु हुने र प्रतियोगिताको फाइनल मे २९ मा खेलिने भएको छ । शुक्रबार बसेको आईपीएल गभर्निङ काउन्सिलले यस्तो निर्णय गरेको हो । लिग चरणका सबै ७० खेल महाराष्ट्रमा हुनेछन् भने ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुनेछन् ।

यस्तै, २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुने भएका छन्। यस्तै, बाँकी १५ खेल पुणेको एमसीए इन्टरनेशनल स्टेडियममा हुनेछन् । 

यद्यपि, प्लेअफ खेलहरू कहाँ हुनेछन् भन्नेबारे आधिकारिक धारणा भने आएको छैन । सबै १० टोलीले वानखेडे र डीवाई पाटिलमा ४–४ खेल खेल्नेछन् । यसबाहेक उनले पुणे र ब्रेबोर्नमा ३–३ खेल खेल्नुपर्ने जनाइएको छ । 

२०११ पछि आईपीएलको इतिहासमा दोस्रो पटक, सबै १० टोलीलाई दुई फरक समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स राखिएको छ । योसँगै समूह 'बी' मा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स परेका छन् ।

प्रत्येक टोलीले आफ्नो समूहमा एकअर्कासँग दुई पटक खेल्ने मौका पाउनेछन् । अर्को समूहको कुनै एक टोलीसँग दुई खेल हुनेछन्। यसपछि दोस्रो समूहका बाँकी ४ टोलीसँग १–१ खेल हुनेछ ।

लिग चरणमा सबै १० टोलीले १४–१४ खेल खेल्नेछन् । १४ खेलमध्ये ७ खेल घरेलु मैदानमा हुनेछन् भने ७ खेल अन्य मैदानमा हुनेछन् । प्रत्येक टोलीले ५ टोलीसँग दुई पटक खेल्नेछ भने बाँकी ४ टोलीले एउटा मात्र खेल खेल्नेछन् । लिग राउण्डपछि चार प्लेअफ खेल हुनेछन्, जसको स्थान र मिति भने तय भइसकेको छैन।