२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा रासस प्रभावकारीरूपमा लागोस्ः प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति (रासस) अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् भन्नुभएको छ ।

राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाबारे दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “नागरिकलाई सूचना दिनु भनेको उनीहरूको मौलिक हकको सम्मान गर्नु हो । सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् ।”

नेपालका आमसञ्चारमाध्यमहरूलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था राससले आफ्नो स्थापनाको ६१औँ वर्षमा श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरु गर्न लागेकामा प्रधानमन्त्री देउवाले खुसी व्यक्त गर्नुभयो ।

सूचना प्रविधिको द्रूतगतिमा विकास भइरहेको वर्तमान विश्वमा राससले पनि आफ्ना माध्यमहरूलाई परिमार्जन गर्दै जानु आवश्यक रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले सूचना र प्रविधिको विकाससँगै सोहीअनुरुप जनतालाई सही र तथ्यपरक समाचार पस्कने दायित्व राससको भएको पनि स्मरण गराउनुभएको छ ।

नेपालका सञ्चारमाध्यमहरूलाई स्वदेशी र विदेशी समाचारहरू उपलब्ध गराउँदै आएको राससले भिडियो सेवामार्फत आफ्ना सेवामा विविधिकरण ल्याउन सक्ने उहाँले अपेक्षा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले राससले सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाको सफलताको कामना पनि गर्नुभएको छ । रासस




भर्खरै