२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा रासस प्रभावकारीरूपमा लागोस्ः प्रधानमन्त्री



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति (रासस) अझ प्रमावकारीरूपमा अघि बढ्न सकोस् भन्नुभएको छ ।

राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाबारे दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “नागरिकलाई सूचना दिनु भनेको उनीहरूको मौलिक हकको सम्मान गर्नु हो । सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् ।”

नेपालका आमसञ्चारमाध्यमहरूलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था राससले आफ्नो स्थापनाको ६१औँ वर्षमा श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरु गर्न लागेकामा प्रधानमन्त्री देउवाले खुसी व्यक्त गर्नुभयो ।

सूचना प्रविधिको द्रूतगतिमा विकास भइरहेको वर्तमान विश्वमा राससले पनि आफ्ना माध्यमहरूलाई परिमार्जन गर्दै जानु आवश्यक रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । उहाँले सूचना र प्रविधिको विकाससँगै सोहीअनुरुप जनतालाई सही र तथ्यपरक समाचार पस्कने दायित्व राससको भएको पनि स्मरण गराउनुभएको छ ।

नेपालका सञ्चारमाध्यमहरूलाई स्वदेशी र विदेशी समाचारहरू उपलब्ध गराउँदै आएको राससले भिडियो सेवामार्फत आफ्ना सेवामा विविधिकरण ल्याउन सक्ने उहाँले अपेक्षा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले राससले सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाको सफलताको कामना पनि गर्नुभएको छ । रासस