७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

स्थानीय निर्वाचनमा अर्थपूर्ण महिला सहभागिता

स्थानीय निर्वाचनमा अर्थपूर्ण महिला सहभागिता
अ+ अ-

डडेल्धुरा । संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको सङ्ख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर रहेको बताइएको छ । 

सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लैंगिक सन्तुलन नमिलेको र महिला सशक्तीकरण अपुरो भएकाले आगामी स्थानीय तहकोे निर्वाचनमा सक्षम र सबल जनप्रतिनिधि चयनका लागि महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नेपाल महिला सङ्घ अमरगढी नगर कार्यसमितिले आज जिल्ला सदरमुकाममा नेपाली कांग्रेसका पदाधिकारी र नेतासँग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि महिला सङ्घ डडेल्धुरा पूर्णरुपमा तयारी अवस्थामा रहेको जनाउँदै सात स्थानीय तह र ५२ वटै वडामा महिलाको अर्थपूर्ण प्र्रतिनिधित्व हुने गरी पार्टीले टिकट दिनुपर्ने महिला सङ्घले जनाएको छ । 

सङ्घीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा महिलाले टिकट पाएका सबै स्थानमा विजय हासिल गरेको जनाउँदै आगामी निर्वाचनमा मूल पदमा महिलालाई अगाडि बढाउनुपर्ने महिला सङ्घ डडेल्धुराको माग छ । 

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा एक महिलालाई मात्र टिकट दिइएको थियो । जिल्लामा दुई स्थानीय तहबाहेक सबै ठाउँमा नेपाली कांग्रेसबाट टिकट पाएका महिलाले विजय प्राप्त गरेको थिए । वडामा भने कुनै पनि महिलालाई अध्यक्ष पदमा टिकट दिइएको थिएन । आगामी निर्वाचनमा पनि सवल र सक्षम महिलालाई उम्मेदवार बनाउनुपर्ने जिकिर सङ्घको छ ।

सो अवसरमा नेपाली कांग्रेस माहाअधिवेशन प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेश सांसद गोविन्दराज बोहराले महिलाको क्षमताका आधारमा सम्मानजनक तरिकाबाट स्थानीय तहका लागि जिम्मेवारी दने जनाएका छन् । ग्र्रामीण क्षेत्रमा बस्ने महिला अझै विकास निर्माण र अन्य हिंसात्मक कुराबाट मुक्त हुन नसकेको कुरा स्मरण गर्दैै आगामी निर्वाचनमा सो कुरा निराकरण गर्नसक्ने सवल महिलालाई जनप्रतिनिधि बनाउन पार्टीले जिम्मेवारी दिने बताउनुभयोे । 

सङ्घका सभापति लक्ष्मी खर्कवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुले हरेक तहमा कांगे्रसका उम्मेदवारलाई जिताउन महिला सङ्घमा आबद्ध महिलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।