२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालग्रामका रिटायर्ड आमाहरुलाई सम्मान गरी तीज मनाउँदै



अ+ अ-

काठमाडौं । तिसौं वर्षसम्म एसओएस वालग्राम सानोठिमीका छोराछोरी हुर्काएर सेवा निवृत्त भएका आमाहरुलाई सम्मान गरी दर खुवाउँदै यो वर्षको तीज मनाउन शुरु भयो । 

वालग्राम भित्र रहेका १६ वटा घरमा कम्तिमा ३० वर्षसम्म आमाको जिम्मेवारी निर्वाह गरी सेवानिवृत्त भएका आमाहरु वालग्रामले वालग्राम हातामा बनाएको सुविधा सम्पन्न ‘रिटायर्ड मदर्स हाउस’मा बस्ने गरेका छन् भने केही  सेवानिवृत्त आमाहरु आफ्नै घरमा फर्किने गरेका छन् ।   

वालग्राम सानोठिमीकी सेवानिवृत्त आमा दुर्गादेवी भट्टराईको पहलमा सेवा निवृत्त भएका आमाहरुको साथै वर्तमान आमाहरुलाई दोसल्ला ओढाएर नाचगान र मिष्ठान्न खानेकुरा खुवाएर हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरिएको हो । 

तीजको अवसरमा सम्मानित हुने सेवानिवृत्त आमाहरुमा विमला आचार्य, सावित्री सापकोटा, कान्छु पाण्डे, पद्मा अधिकारी, सीमा बस्नेत, विन्दु मिश्र, सुर्या केसी, गोमा गुरुंग, शोभा श्रेष्ठ र लक्ष्मी घिमीरे छन् । 
सेवानिवृत्त आमा भट्टराईले एसओएस वालग्राम सानोठिमीकी ममी प्रभाज्योति उप्रेती नेपाललाई पनि दोसल्ला ओढाएर सम्मान गरीन् । साथै वालग्राममा कार्यरत महिला कर्मचारीहरुलाई पनि उनले सम्मान गरीन् ।