काठमाडौं । तिसौं वर्षसम्म एसओएस वालग्राम सानोठिमीका छोराछोरी हुर्काएर सेवा निवृत्त भएका आमाहरुलाई सम्मान गरी दर खुवाउँदै यो वर्षको तीज मनाउन शुरु भयो ।
वालग्राम भित्र रहेका १६ वटा घरमा कम्तिमा ३० वर्षसम्म आमाको जिम्मेवारी निर्वाह गरी सेवानिवृत्त भएका आमाहरु वालग्रामले वालग्राम हातामा बनाएको सुविधा सम्पन्न ‘रिटायर्ड मदर्स हाउस’मा बस्ने गरेका छन् भने केही सेवानिवृत्त आमाहरु आफ्नै घरमा फर्किने गरेका छन् ।
वालग्राम सानोठिमीकी सेवानिवृत्त आमा दुर्गादेवी भट्टराईको पहलमा सेवा निवृत्त भएका आमाहरुको साथै वर्तमान आमाहरुलाई दोसल्ला ओढाएर नाचगान र मिष्ठान्न खानेकुरा खुवाएर हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरिएको हो ।
तीजको अवसरमा सम्मानित हुने सेवानिवृत्त आमाहरुमा विमला आचार्य, सावित्री सापकोटा, कान्छु पाण्डे, पद्मा अधिकारी, सीमा बस्नेत, विन्दु मिश्र, सुर्या केसी, गोमा गुरुंग, शोभा श्रेष्ठ र लक्ष्मी घिमीरे छन् ।
सेवानिवृत्त आमा भट्टराईले एसओएस वालग्राम सानोठिमीकी ममी प्रभाज्योति उप्रेती नेपाललाई पनि दोसल्ला ओढाएर सम्मान गरीन् । साथै वालग्राममा कार्यरत महिला कर्मचारीहरुलाई पनि उनले सम्मान गरीन् ।