२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालग्रामका रिटायर्ड आमाहरुलाई सम्मान गरी तीज मनाउँदै



अ+ अ-

काठमाडौं । तिसौं वर्षसम्म एसओएस वालग्राम सानोठिमीका छोराछोरी हुर्काएर सेवा निवृत्त भएका आमाहरुलाई सम्मान गरी दर खुवाउँदै यो वर्षको तीज मनाउन शुरु भयो । 

वालग्राम भित्र रहेका १६ वटा घरमा कम्तिमा ३० वर्षसम्म आमाको जिम्मेवारी निर्वाह गरी सेवानिवृत्त भएका आमाहरु वालग्रामले वालग्राम हातामा बनाएको सुविधा सम्पन्न ‘रिटायर्ड मदर्स हाउस’मा बस्ने गरेका छन् भने केही  सेवानिवृत्त आमाहरु आफ्नै घरमा फर्किने गरेका छन् ।   

वालग्राम सानोठिमीकी सेवानिवृत्त आमा दुर्गादेवी भट्टराईको पहलमा सेवा निवृत्त भएका आमाहरुको साथै वर्तमान आमाहरुलाई दोसल्ला ओढाएर नाचगान र मिष्ठान्न खानेकुरा खुवाएर हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरिएको हो । 

तीजको अवसरमा सम्मानित हुने सेवानिवृत्त आमाहरुमा विमला आचार्य, सावित्री सापकोटा, कान्छु पाण्डे, पद्मा अधिकारी, सीमा बस्नेत, विन्दु मिश्र, सुर्या केसी, गोमा गुरुंग, शोभा श्रेष्ठ र लक्ष्मी घिमीरे छन् । 
सेवानिवृत्त आमा भट्टराईले एसओएस वालग्राम सानोठिमीकी ममी प्रभाज्योति उप्रेती नेपाललाई पनि दोसल्ला ओढाएर सम्मान गरीन् । साथै वालग्राममा कार्यरत महिला कर्मचारीहरुलाई पनि उनले सम्मान गरीन् ।