२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ प्रधानन्यायाधीशकै इजलासमा



अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको आज पनि पेसी चढेको छ । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै रिट दायर गरेका हुन् । त्यस्तै एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको अध्यक्ष ओलीको आरोप रहेको छ ।

अध्यक्ष ओलीले दायर गरेको रिटमा सभामुख अग्नि सापकोटालाई पनि विपक्षी बनाइएको छ । सभामुख सापकोटाले ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको आरोप छ । 

निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।