२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकट : राष्ट्रपति गोटाबाया राजापाक्षेले दिए राजीनामा



अ+ अ-

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन् । संसद्का सभामुख महिन्दा यापा अभयवर्धनेले शुक्रबार औपचारिकरुपमा यो घोषणा गरेका हुन् ।

टाट पल्टिसकेको देशको अर्थतन्त्रलाई सम्हाल्न नसकेको भन्दै आफू र आफ्नो परिवारको विरुद्धमा जनआक्रोश बढ्दै गएपछि राजापाक्षेले देश छाडेर राजीनामा दिएका छन् ।

७३ वर्षीय राजापाक्षेले बिहीबार ‘निजी भ्रमण’ मा सिंगापुर जान अनुमति पाएलगत्तै इमेलमार्फत संसद्का सभामुखलाई राजीनामा पत्र पठाएका थिए।

राजपाक्षेको राजीनामा पत्र श्रीलंकाली उच्चायोगमार्फत प्राप्त

सभामुखका मिडिया सेक्रेटरी इन्दुनिल अभयावर्धनेले बिहीबार राति सिंगापुरस्थित श्रीलंकाली उच्चायोगमार्फत सभामुखले राजपाक्षेको राजीनामा पत्र प्राप्त गरेको तर प्रमाणीकरण प्रक्रिया र कानूनी औपचारिकतापछि आधिकारिक घोषणा गर्न चाहेको बताए।

हजारौँ प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेपछि राजापाक्षेले शनिबार जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए र उनलाई देशको अभूतपूर्व आर्थिक संकटको लागि दोष दिएका थिए।

तर उनी राजीनामा नगरी देश छाडेर माल्दिभ्स गएका थिए । माल्दिभ्सबाट उनी बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । सिंगापुरको विदेश मन्त्रालयका प्रवक्ताले राजापाक्षेलाई ‘निजी भ्रमणमा सिंगापुर प्रवेश गर्ने अनुमति’ दिइएको बताए।

“उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ”, उनले भने, “सिंगापुरले सामान्यतया शरण अनुरोध स्वीकार गर्दैन।” सन् २०१९ मा श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित हुने सैन्य पृष्ठभूमि भएका राजापाक्षे पहिलो व्यक्ति थिए।

औषधि, इन्धन र अन्य अत्यावश्यक सामग्री किन्न समस्या

दुई करोड २० लाख जनसंख्या भएको मुलुक सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ, जसका कारण जनतालाई खाद्यान्न, औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुहरू किन्न समस्या भइरहेको छ ।

कोलम्बोलगायत धेरै ठूला सहरहरूमा इन्धन किन्न मानिसहरूले घण्टौँसम्म लाइनमा उभिनुपर्छ र कहिलेकाहीँ सेना वा प्रहरीसँग झडप पनि हुन्छ।

एजेन्सी