५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकट : राष्ट्रपति गोटाबाया राजापाक्षेले दिए राजीनामा



अ+ अ-

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन् । संसद्का सभामुख महिन्दा यापा अभयवर्धनेले शुक्रबार औपचारिकरुपमा यो घोषणा गरेका हुन् ।

टाट पल्टिसकेको देशको अर्थतन्त्रलाई सम्हाल्न नसकेको भन्दै आफू र आफ्नो परिवारको विरुद्धमा जनआक्रोश बढ्दै गएपछि राजापाक्षेले देश छाडेर राजीनामा दिएका छन् ।

७३ वर्षीय राजापाक्षेले बिहीबार ‘निजी भ्रमण’ मा सिंगापुर जान अनुमति पाएलगत्तै इमेलमार्फत संसद्का सभामुखलाई राजीनामा पत्र पठाएका थिए।

राजपाक्षेको राजीनामा पत्र श्रीलंकाली उच्चायोगमार्फत प्राप्त

सभामुखका मिडिया सेक्रेटरी इन्दुनिल अभयावर्धनेले बिहीबार राति सिंगापुरस्थित श्रीलंकाली उच्चायोगमार्फत सभामुखले राजपाक्षेको राजीनामा पत्र प्राप्त गरेको तर प्रमाणीकरण प्रक्रिया र कानूनी औपचारिकतापछि आधिकारिक घोषणा गर्न चाहेको बताए।

हजारौँ प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवासमा आक्रमण गरेपछि राजापाक्षेले शनिबार जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए र उनलाई देशको अभूतपूर्व आर्थिक संकटको लागि दोष दिएका थिए।

तर उनी राजीनामा नगरी देश छाडेर माल्दिभ्स गएका थिए । माल्दिभ्सबाट उनी बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । सिंगापुरको विदेश मन्त्रालयका प्रवक्ताले राजापाक्षेलाई ‘निजी भ्रमणमा सिंगापुर प्रवेश गर्ने अनुमति’ दिइएको बताए।

“उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ”, उनले भने, “सिंगापुरले सामान्यतया शरण अनुरोध स्वीकार गर्दैन।” सन् २०१९ मा श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित हुने सैन्य पृष्ठभूमि भएका राजापाक्षे पहिलो व्यक्ति थिए।

औषधि, इन्धन र अन्य अत्यावश्यक सामग्री किन्न समस्या

दुई करोड २० लाख जनसंख्या भएको मुलुक सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ, जसका कारण जनतालाई खाद्यान्न, औषधि, इन्धनलगायत अत्यावश्यक वस्तुहरू किन्न समस्या भइरहेको छ ।

कोलम्बोलगायत धेरै ठूला सहरहरूमा इन्धन किन्न मानिसहरूले घण्टौँसम्म लाइनमा उभिनुपर्छ र कहिलेकाहीँ सेना वा प्रहरीसँग झडप पनि हुन्छ।

एजेन्सी




भर्खरै