४ असार २०८३, बिहीबार
,
Latest
मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ : मुख्यमन्त्री



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताउनुभएको छ । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै उहाँले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताउनुभयो ।

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ ।

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।

वृक्षरोपण 

निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको बसुन्धरा पार्क नजिकै वृक्षरोपण गर्नुभएको छ । निजामती सेवा दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँले वृक्षरोपण गर्नुभएको हो । सो अवसरमा सडक किनारमा कोइरालो, टाँकीलगायत बिरुवा रोपिएको थियो । 

कार्यक्रमममा प्रमुख सचिव डा दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कास्की अध्यक्ष भरत भुसाल लगायतको सहभागिता थियो ।

उक्त अवसरमा कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ट ठहरिएका तीनवटा कार्यालय, पोखरा महानगरपालिका–२४ कार्यालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरा र सङ्घीय आयोजना कार्यान्वयन एकाई (सहरी विकास) पोखरालाई सम्मान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।