४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

नेप्से परिसूचक ७.९३ अंकले वृद्धि

नेप्से परिसूचक ७.९३ अंकले वृद्धि
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ ।  शुक्रवार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंकले बढेको छ ।

शुक्रवार नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम घटेको छ । बिहीवार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन् । जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन् ।

शुक्रवार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, ग्रिनलाइफ हाइड्रोपावरको शेयरमूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एभरेष्ट बैंकको करिव ७ करोडको शेयर कारोबार भएको छ ।