• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने ★   शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प ★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह ★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार

राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ : मुख्यमन्त्री



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताउनुभएको छ । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै उहाँले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताउनुभयो ।

निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ ।

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।

वृक्षरोपण 

निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको बसुन्धरा पार्क नजिकै वृक्षरोपण गर्नुभएको छ । निजामती सेवा दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँले वृक्षरोपण गर्नुभएको हो । सो अवसरमा सडक किनारमा कोइरालो, टाँकीलगायत बिरुवा रोपिएको थियो । 

कार्यक्रमममा प्रमुख सचिव डा दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कास्की अध्यक्ष भरत भुसाल लगायतको सहभागिता थियो ।

उक्त अवसरमा कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ट ठहरिएका तीनवटा कार्यालय, पोखरा महानगरपालिका–२४ कार्यालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरा र सङ्घीय आयोजना कार्यान्वयन एकाई (सहरी विकास) पोखरालाई सम्मान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।