२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार पूरै असफल- योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदुढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा वर्तमान सरकार पूरै असफल भएको बताएको छ ।

पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा सरकारले छेउ टुप्पो नै फेला पार्न नसकेको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दली गठबन्धन सरकार बनेको बुधबार एक वर्ष पूरा भएको भन्दै नेता भट्टराईले गएको एक वर्षको स्वास्थ्य क्षेत्रको मूल्यांकनलाई सञ्चारमाध्यममार्फत आम जनसमुदायसमक्ष प्रस्तुत गर्नुभएको हो ।

उहाँले सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसद्मा प्रधानमन्त्रीले गर्नुभएको संबोधन, सरकारद्वारा प्रस्तुत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको बताउनुभयो ।

विज्ञप्तिमा उहाँले कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य संगठनले नेपाललगायतका देशलाई सन् २०२२ जुन महिनाको अन्तिम (असार १५) सम्ममा कुल जनसंख्या को ७० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने भनी दिएको लक्ष्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कमजोर व्यस्थापन र नेतृत्वका कारण, पर्याप्त खोप हुँदाहुदै पनि पूरा हुन नसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “कमजोर व्यस्थापन र नेतृत्वका कारण १० लाख मात्रा बढी खोपको मिति सकिएर फालिएको तीतो सत्य हाम्रा सामू छ । पछिल्लो सूचनाअनुसार मन्त्रालयले थप २० लाख डोज खोप मिति सकिएर फाल्ने तयारी गरिरहेको भन्ने छ । प्रम शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको र ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने’ भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको छ ।”

नेता भट्टराईले जारी गर्नुभएको प्रेस विज्ञप्ति यस्तो छ ः

Press Statement of Health & Popolation Dept