२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले सभामुखविरुद्ध दिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, २८ गते दुबै पक्षलाई बोलायो



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छैन् । सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्षलाई अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि बोलाएको छ ।

सभामुख सापकोटाले ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको आरोप छ ।  त्यस्तै एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको अध्यक्ष ओलीको आरोप रहेको छ ।

निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको थियो ।