३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भाजपा निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जाँदै

भाजपा निमन्त्रणामा प्रचण्ड आज भारत भ्रमणमा जाँदै
अ+ अ-

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा आज भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालको चार दिने भ्रमण गरी बामपन्थी दलहरुबीच एकता र विदेशी शक्तिराष्ट्रसँग नेपालको हिमचिमका बारेमा जिज्ञासा राखिरहेको अवस्थामा प्रचण्ड भारत भ्रमणमा जान लाग्नु भएको हो ।

प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नु भएको हो । साथै उहाँले भारतमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

न्यूजपोलारले प्रचण्डको भारत भ्रमणका बारेमा हिजो प्रचण्ड निकट स्रोतका आधारमा पहिलो समाचार प्रकाशन गरेको थियो ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार तीनदिने दिल्ली भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नुहुनेछ । भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । ‘भाजपाले नेपालको सत्तारूढ दलको महत्त्वपूर्ण पार्टीको नेता र पूर्वप्रधानमन्त्रीका रूपमा अध्यक्षलाई भ्रमणको निम्तो गरेको हो । यो सद्भावना भ्रमण हो,’ श्रेष्ठको भनाइ छ ।

पछिल्ला केही वर्षदेखि, खासगरी भारतमा मोदी प्रधानमन्त्री भएदेखि प्रचण्डको भारतसँगको सम्बन्धमा तिक्तता आएको थियो । उहाँले भारतको संस्थापन पक्षसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनस्र्थापना गर्न प्रयास गरिरहनु भएको छ ।

लैनचौरस्थित कार्यालयमा पद सम्हालेपछि पहिलो चरणमा भिआइपीहरुसँग पालैपालो शिष्टाचार भेट गरेका भारतीय राजदूत नवीन श्रीवास्तवले प्रचण्डलाई खुमलटारमा दोहोर्याएर भेट गर्नु भएको थियो । उहाँहरूबीच दोस्रो भेटमा झण्डै ४० मीनेट कुराकानी भएको थियो । यसअघि ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट श्रीवास्तवले खुमलटारमै अध्यक्ष प्रचण्डसँग भेट गर्नु भएको थियो ।

नेपालका लागि भारतीय राजदूत नियुक्त भएको केही दिनभित्रै यस्तो भ्रमणको तारतम्य मिलेकोलाई एक शंकास्पद घटनाका रुपमा हेरिएको छ ।

यसअघिका प्रचण्डका भारत भ्रमणहरु पनि विवादित हुने गरेका थिए । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै समयमा निजी भन्दै भारत भारत भ्रमणमा जानु भएका प्रचण्ड त्यहाँबाट फर्के लगत्तै केपी ओली विरुद्ध अभिव्यक्ति दिनु भएको थियो ।

अहिले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि उपचार गर्न भन्दै असार २६ देखि भारत भ्रमणमै हुनुहुन्छ ।