२१ मंसिर २०८२, आईतवार
,
Latest
बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरु माथी हुने अमर्यादित व्यवहार रोकिने चिकित्सक संघको आशा



अ+ अ-

काठमाडौं । नेपाल चिकित्सक संघले संसदबाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ ।

नेपाल चिकित्सक संघले बिहीवार पत्रकार सम्मलन गर्दै बुधवार प्रतिनिधि सभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो । विधेयक पारित भएसँगै चिकित्सकहरुलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरुको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ ।

पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा नीजलाई पुर्पक्षको लागि थुनामा राखि २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँ सम्म जरीबाना र दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पु¥याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यो व्यवस्था गर्नका लागि आफूहरुले निकै मिहेनत गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभयो । उहाँले कानूनको कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले यस किसिमको व्यवस्था गरिएको विधेयक पारित हुनु चिकित्सा शिक्षाका लागि ऐतिहासिक उपलब्धी भएको उल्लेख गर्नुभयो ।