२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीद्वारा भेन्टिलेटर हस्तान्तरण



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई १-१ वटा भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ । 

नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् ।

अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गर्नुभयो । मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिनुभयो । 

२ देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन जनस्तरबाट भइरहने क्रियाकलापले सघाउ पुर्‍याउँदै आएको उहाँको भनाइ थियो ।  अध्यक्ष पालिखले पोखरासँग भगिनी सम्बन्ध गाँसेका चीनका विभिन्न प्रान्तले कोभिड र त्यसभन्दा पहिला पनि बारम्बार सहयोग गर्दै आएको बताउनुभयो ।