• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

चुनाव चिह्न गाई माग्दै कमल थापा सर्वोच्चमा



काठमाडौँ । राप्रपा नेपालले सर्वोच्च अदालतमा चुनाव चिह्न गाई माग्दै रिट दायर गरेको छ । पार्टी अध्यक्ष कमल थापाले चुनाव चिह्न ‘गाई’ माग्दै बिहीबार रिट दर्ता गराएका हुन् ।

मुद्दाको सुनुवाई शुक्रबार हुने बताइएको छ । राप्रपा नेपालको सुरुमा चुनाव चिह्न गाई नै थियो । राप्रपासँग एकीकरण भएपछि गाई चुनाव चिह्न राप्रपाको भएको छ ।

राप्रपाबाट पुनः विभाजित भई राप्रपा नेपाल भएपछि पार्टीले गत स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न ‘तीर’ पाएको थियो ।