• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

एक हप्ता भित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न बामदेव गौतमको माग



काठमाडौँ । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ता भित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नु भएको छ ।

सांसद गौतमले राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनु भयो । राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘मैले एउटा त भन्ने पर्ने भो । यो ज्येष्ठ सदस्यले सभापतित्व गर्ने दिगो विकास तथा सुशासन समितिको जतिसक्दो छिटो सभापति आउनु भएर उहाँलाई स्वागत गर्न पाए धेरै खुसी हुने थिँए । मैले केही दिन अगाडि पनि भनेको छु–चार वटा जम्मा समितिहरु छन राष्ट्रिसभामा । ३ वटा समितिमा सभापति छैनन् । त्यसो भएर यो समयलाई मैले सदुपयोग गर्दै फेरी आग्रह गर्न चाहन्छु–सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महादयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ । राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानपर्ने हो ? जानुपर्छ । तर, साँच्चीकै ध्यान अध्यक्षको पुगेको छैन भने भन्न पर्ने अवस्था आयो । उहाँले ध्यान दिनुप¥यो । मेरो सुझाव छ–एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस् ।’

त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नु भएको थियो ।